खाेज्नुहाेस

बाजुरामा बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन

Image

बाजुरा – बाजुरामा कृषि ज्ञान केन्द्रले स्याउ बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको छ । आर्थिक वर्ष २०८२÷०८३ को वार्षिक कार्यक्रम अन्तर्गत यहाँका स्याउ सुन्ताल र ओखर किसान खेती गर्दै आएका किसानलाई फलफूल खेती उत्पादन तथा वृद्धि विकासमा सहज हुने कृषि ज्ञान केन्द्र बाजुराले कार्यक्रम सञ्चालन गरेको हो ।

किसानले लगाएको स्याउ, सुन्तला र ओखरमा लाग्ने रोग हट्ने र उत्पादन पनि राम्रो हुने गरेकोले यहाँका किसानका लागि सहज हुने गरी बगैँचा सुदृढीकरण तथा व्यवस्थापन कार्यक्रम सञ्चालन गरेको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

attariya hospital

स्याउ एक वर्ष फल्ने र अर्को वर्ष नफल्ने समस्या समाधानका लागि कार्यक्रम सञ्चालन गरिएको हो । जसका लागि कृषि ज्ञान केन्द्र बाजुराले यहाँको ९ वटै स्थानीय तहमा रहेका स्याउ, सुन्तला र ओखर उत्पादन गर्दै आएका किसानलाई काँटछाँट र पेस्ट लगाउने तरिकाका बारेमा एक महिने तालिम सञ्चालन गरिएको छ ।

navjiwan hospital

स्याउ किसानलाई बगैँचा सुदृढीकरण तथा व्यवस्थापन गर्ने कुनै अनुभव नहुँदा यो भन्दा पहिला उनीहरूले लगाउँदै आएका स्याउ, सुन्तला र ओखर कहिले फल्ने कहिले नफल्ने र कम फल्ने र बिरुवा सुक्ने रोग लाग्ने गरेको थियो ।

ज्ञान केन्द्र बाजुराले उनीहरूको यो समस्या समाधान गर्ने हुने गरी यती बेला यो कार्यक्रम सञ्चालन गर्दै आएसँगै अहिले यहाँका किसानले लगाउँदै आएका स्याउ सुन्तला र ओखरमा रोग नलाग्ने प्रत्येक वर्षमा फल्ने आसमा रहेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताए ।

यो अभियानले यहाँका स्याउ तथा सुन्तला खेती गरिरहेका कृषकलाई फलफूल उत्पादनमा सहज हुनेछ । पछिल्लो समय जलवायु परिवर्तनका कारण तापक्रम नघट्दा स्याउको हार्भेस्ट पछि छिटोछिटो पात झरेर बगैँचाका बोटहरू पतझड जस्तै बनेका छन् । अहिले स्याउका बोटमा पात झरेर उजाड बनेका बेला यो कार्यक्रम सञ्चालन गर्दा राम्रो हुन्छ ।

बाजुरामा चार सय दस हेक्टर जमिनमा स्याउ खेती गरिने भए पनि दुई सय हेक्टर जमिनमा मात्र स्याउ फल्छ । यसमा १६ सय मेट्रिकटन उत्पादन हुन्छ । त्यसैगरी १७० हेक्टर जमिनमा सुन्तला खेती गरिन्छ भने त्यसमा एक सय दस हेक्टर जमिनमा फल्छ । त्यसमा ७७५ मेट्रिकटन मेन उत्पादन हुन्छ । त्यसै गरी ३३० हेक्टर जमिनमा ओखर खेती गरिने भएपनि २७ हेक्टरमा मात्र फल्छ । त्यसमा ७० मेट्रिकटन ओखर उपादन हुने गरेको छ ।

बाजुरामा स्याउ र सुन्तला राम्रो र बढी उत्पादन हुने गरेकोले यो जिल्ला भन्दा बाहिर समेत बिक्री हुने गरेको छ । यहाँ ओखर कम उत्पादन हुन्छ । त्यो जिल्लामा मात्र बिक्री हुने गरेको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख साहनीले बताए ।