खाेज्नुहाेस

हामीलाई गोदावरीमा भवन सहितको जग्गा नपाइएपछि डीडीसी सार्ने निर्णयमा पुगेका हौ : महाप्रबन्धक झा

Image

अत्तरिया – दुग्ध विकास संस्थानका महाप्रबन्धक सञ्जीव झाले गोदावरी नगरपालिकामा भवन सहितको संरचना नपाइएपछि सर्ने निर्णय लिइएको बताए । उनले आफूहरूलाई जग्गा मात्रै उपलब्ध भएर सञ्चालन गर्न सक्ने अवस्था नभएकाले संरचना सहितको जग्गाको खोजी गरिरहेको बताए ।

‘मेरो गोदावरीमा कुरा गरे पनि गोदावरीका मेयर ज्युले जग्गा उपलब्ध गराउने भने पनि घर उपलब्ध गराउन सक्ने अवस्थामा छैनौ भन्नु भएको थियो । वहाहरुको आन्दोलनका क्रममा आफ्नै क्षति भएर पनि हुन सक्छ । वहाँहरूले नसकेकै कारण हाम्रो कुनै अर्को विकल्प नभएपछि सुरक्षित कारोबार गर्नको लागि धनगढी सरेका हौ’ अत्तरिया अनलाइन सँग कुरा गर्दै उनले भने  ‘हामीलाई भवन सहितको जग्गा आवश्यक हुन्छ । हामीलाई १/२ सटक दिएर हुँदैन । त्यो संरचना दिन नसकिने कुरा भएपछि हामी अगाडि बढेका हौ ।’

attariya hospital
navjiwan hospital

उनले अत्तरियामा दैनिक २ हजार २५ सय लिटर दूध सङ्कलन हुन्छ भन्ने परिकल्पना गरेर डीडीसी स्थापना गरिएको बताउँदै अहिले दैनिक ६ हजार ८ हजार लिटर दूध सङ्कलन भइरहेको बताए ।

‘अहिलेको ठाउँमा विस्तार गर्ने अवस्था छैन । हामीले सुदूरपश्चिमको समस्या समाधान गर्ने मनसायले काम गर्छौ । पछिल्लो समय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले पनि हामीलाई मापदण्ड नपुगेको भनिरहेको छ । मापदण्ड पुरा गर्नको लागि अहिलेको ठाउँमा सम्भव छैन’ उनले भने ‘पहिलो प्राथमिकता पुरानै ठाउँ हुन । त्यसका लागि गोदावरी नगरपालिकामा पत्राचार पनि गरेका थियौ ।’

उनले सुदूरपश्चिममा घाटामा दूधको कारोबार गरिरहेको बताए । ‘सुदूरपश्चिममा हामीले घाटामा दूधको कारोबार गरिरहेका छौ । यहाँ थोरै मात्र खपत हुने भएकाले ढुवानी सहित प्रतिलिटर १५ देखि २० रुपैयाँ म्यानेजमेन्ट खर्च गरेर काठमाण्डौं, चितवन, पोखराका सहरहरूमा ल्याइरहेका छौ’ उनले भने ‘त्यही भएर हामी ठुलो ठाउँमा जान खोजेका थियौ । यस बिचमा हामीले धनगढीमा संरचना सहितको क्षेत्र पाएका थियौ । हाम्रो मेजर सरोकार डीडीसीलाई दूध उपलब्ध गराउने सहकारी हुन्छ । अहिले सहकारीहरूले दूध उत्पादन बढाइरहेका छन् । त्यसैले सीमित ठाउँमा काम गर्न सक्ने अवस्था छैन ।’

उनले तालाबन्दी भए पनि हाम्रो मुख्य उद्देश्य किसानको सेवा सँगै मापदण्ड अनुसार काम गर्नुपर्ने भएकाले अहिलेकै ठाउँमा सञ्चालन गर्नुको औचित्य नहुने बताए ।