खाेज्नुहाेस

अत्तरियामा आयोजित प्रथम सत्यवती छात्र फुटबल कपको उपाधी सत्यवतीलाई

Image

अत्तरिया– कैलालीको अत्तरियामा सञ्चालित प्रथम सत्यवती छात्र फुटबल कप प्रतियोगिताको उपाधी आयोजक सत्यवती एकेडेमीले हात पारेको छ । अत्तरियामा रहेको सत्यवती एकेडेमीको आयोजनामा सोमबारदेखी सुरु भएको प्रतियोगिताको उपाधी आयोजकले नै हात पारेको हो ।

बुधबार भएको फाईनल खेलमा समैजी माविलाई १–० गोलअन्तरले पराजित गर्दै सत्यवतीले उपाधी चुमेको थियो । निकै प्रतिष्पर्धात्मक बनेको फाईनल खेलको पहिलो हाफमा कुनै पनि टिमबाट गोल हुन सकेन । तर खेलको दोस्रो हाफको करिब ८औ मिनेटमा सत्यवतीका दिपेश मल्लले १ गोल गरे । मल्लको सो गोल नै निर्णायक बन्न पुग्यो । खेलको अन्तिम मिनेट सम्म पनि कुनै गोल हुन नसकेपछि सत्यवती उपाधी विजेता बनेको हो ।

attariya hospital

उपाधी जितेको सत्यवतीले नगद रु. २० हजार सहित ट्रफी र मेडल प्राप्त ग¥यो । उपविजेता बनेको समैजी माविले नगद रु. १० हजार सहित ट्रफी र मेडल प्राप्त ग¥यो । प्रतियोगितामा सत्यवतीका खेलाडी नविन विष्ट बेस्ट डिफेन्डर घोषित भए भने लोटस आई बोर्डिङ स्कुलका खेलाडी प्रिन्स नागरी सर्वाधिक गोलकर्ता बने । त्यस्तै समैजी माविका बसन्त गोहामगर बेस्ट किपर घोषित हुँदा सत्यवतीका सुशान्त माली प्लेयर अफ द टुर्नामेन्ट घोषित भए । उनिहरु सबैलाई एक कार्यक्रमका बिच पुरस्कृत गरिएको थियो ।

navjiwan hospital

विद्यालयकी प्रिन्सिपल यशोदा ध्याडी कडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका शिक्षा शाखा प्रमुख प्रयागराज जोशी रहेका थिए । कार्यक्रममा विभिन्न विद्यालयका सञ्चालकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा सत्यवती एकेडेमीले प्रतियोगितामा सहभागि विद्यालयहरुलाई फुटबल वितरण गरेको थियो ।

यसअघि बुधबार प्रतियोगिता अन्तरगतका ५ खेलहरु सम्पन्न भएका थिए । जसबाट विजेता बन्दै सत्यवती र समैजी फाईनलमा प्रवेश गरेका थिए । बुधबारको पहिलो खेल सत्यवती र सनलाईट स्कुल बिच भएको थियो । जसमा सत्यवती सत्यवती टाईब्रेकरमा ४–२ को गोलअन्तरले विजयी बन्यो । दोस्रो खेलमा समैजीले बालबाटिका स्कुललाई टाईब्रेकरमै ४–३ गोलअन्तरले पराजित गरेको थियो ।

त्यस्तै तेस्रो खेलमा लोटस आई स्कुलले एरिस्टो स्कुललाई टाईब्रेकरमै २–० गोलअन्तरले पराजित गर्दा चौथो खेलमा साधना पथ एकेडेमीलाई समैजी माविले टाईब्रेकरमै ४–३ गोलअन्तरले पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । अर्कातिर बुधबारको पाँचौ खेलमा लोटस आईलाई २–१ गोलअन्तरले पराजित गर्दै सत्यवतीले फाईनलमा स्थान पक्का गरेको थियो ।

कक्षा ६ सम्म अध्ययनरत विद्यार्थीहरुलाई मात्रै सहभागि गराईएको सो प्रतियोगितामा कैलाली कञ्चनपुरका २३ वटा विद्यालयका टिमहरुको सहभागिता रहेको थियो ।