खाेज्नुहाेस

सुदूरपश्चिम महोत्सवमा आज लोकगायक बद्री पगेँनी लगायतका कलाकारको प्रस्तुति रहने

Image

धनगढी – धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको आज आठौँ दिन हो । आज चर्चित लोकगायक बद्री पगेँनीको विशेष प्रस्तुति रहने भएको छ। लोकसंस्कृति र जनजीवनका कथालाई गीतमार्फत उजागर गर्दै आएका पगेँनीको प्रस्तुति दर्शकका लागि मुख्य आकर्षण रहने आयोजकले जनाएको छ।

navjiwan hospital

आयोजक संस्था कैलाली उद्योग वाणिज्य संघका सचिव तथा सांस्कृतिक संयोजक प्रकाश चन्दका अनुसार आज बद्री पगेँनीसँगै गायक रमेशराज भट्टराई, टेक बीसी, भरत बोहरा, ध्वज महरा लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरूको पनि प्रस्तुति रहने छ।

attariya hospital

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गतेसम्म सञ्चालन हुनेछ। महोत्सवमा सांस्कृतिक कार्यक्रमसँगै स्थानीय उत्पादन, हस्तकला, कृषि तथा औद्योगिक सामग्रीका स्टलहरू राखिएका छन्।