खाेज्नुहाेस

चुरेबाट चिरान गरिएको सालको काठ बरामद

Image

धनगढी – कैलालीको चुरे गाउँपालिका–५ स्थित मौरी गाउँको बाँसपानी सामुदायिक वन उपभोक्ता समूह क्षेत्रबाट अवैध रूपमा कटान गरिएको १२८ क्यूफिट चिरान काठ बरामद गरिएको छ ।

navjiwan hospital

डिभिजन वन कार्यालय धनगढीका प्रमुख तथा डिभिजनल वन अधिकृत रामबिचारी ठाकुरको नेतृत्वमा गएको टोलीले विशेष सुराकीका आधारमा वन क्षेत्र बाट ल्याइ गाउँका विभिन्न स्थानमा लुकाइछिपाइ राखिएको काठ बरामद गरेको हो ।

attariya hospital

डिभिजन वन अधिकृत ठाकुरका अनुसार चुरे क्षेत्रमा काठ चोरीतस्करी भइरहेको सूचनापछि गरिएको गस्तीका क्रममा २ सय १० थान चिरान गरिएको कडी र २३ थान फ्रेम बरामद गरिएको हो ।

तस्करहरूले जंगलमै हाते आरा प्रयोग गरी काठ चिरान गरेर बिक्रीका लागि सिस्नु र बाँसको झाङभित्र लुकाइ राखेको अवस्थामा उक्त काठ बरामद गरिएको उनले बताए । काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ ।