खाेज्नुहाेस

कैलालीका १०८ मतदान केन्द्र अति संवेदनशील, सुरक्षा समितिको अनुगमन

Image
धनगढी – कैलालीका १०८ मतदान केन्द्रलाई अति संवेदनशील सूचिमा राखिएको छ । ३ वटा स्थानीय तहमा रहेका २३६ मतदान स्थलका ६२९ मतदान केन्द्रमध्ये १०८ अति संवेदनशील १०६ वटा संवेदनशील र २३ वटा सामान्यको सूचीमा राखिएको हो ।
attariya hospital
navjiwan hospital
संवेदनशील सूचिमा रहेका मतदान केन्द्रको जिल्ला सुरक्षा समिति कैलालीले अनुगमन गरिरहेको छ । सुरक्षाका हिसाबले संवेदनशील सूचीमा रहेका कैलाली जिल्लाका १०६ मतदान स्थलमा अनुगमन भइरहेको प्रमुख जिल्ला अधिकारी एवं सुरक्षा समितिको संयोजक हिरालाल रेग्मीले बताए। जिल्लामा सुरक्षा समिति गठन भएसँगै समितिले नै अनुगमनमा तीव्रता दिएको हो।
निर्वाचनका लागि आवश्यक सुरक्षा योजना निर्माण गर्न र मतपत्र ढुवानीलगायतका कार्य सहज बनाउन अनुगमन गर्दा सहज हुने उनले बताए । फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि कैलालीमा थपिएका १८ हजार २१३ नयाँ मतदाता सँगै कुल मतदाता ५ लाख ३५ हजार ३४४ जना रहेका छन् ।