खाेज्नुहाेस

गेटा विश्वविद्यालयको उपकुलपतिका लागि तेस्रो पटक आवेदन आह्वान

Image

अत्तरिया – कैलालीको गेटा स्थित दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको छ ।

navjiwan hospital

दुई पटक दरखास्त आह्वान गरे पनि आवेदन नपरेपछि तेस्रो पटक पुनः आवेदन आह्वान गरिएको हो ।

attariya hospital

मन्त्रालयले उपकुलपति नियुक्तिका लागि पहिलो पटक कात्तिक १६ गते १५ दिनको म्याद तोकेर दरखास्त आह्वान गरेको थियो । उक्त अवधिमा कसैले पनि आवेदन नदिएपछि पाँच दिनको म्याद तोकेर दोस्रो पटक आवेदन आह्वान गरेको थियो । दोस्रो दिनको म्याद मङ्सिर ५ गते सकिएको थियो ।

यतिबेलासम्म उपकुलपति नियुक्त गरेर कार्यस्थलमा पठाइसक्नुपर्नेमा फेरि तेस्रो पटक आवेदन आह्वान गरिएको छ ।