खाेज्नुहाेस

धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित

Image

धनगढी – धनगढी जेसिज २०२६ को अध्यक्षमा महेश्वर ओझा निर्वाचित भएका छन्। शनिबार सम्पन्न निर्वाचनमा उनले आफ्ना प्रतिद्वन्द्वी मनिस कुवरलाई ९ मतले पराजित गर्दै अध्यक्ष पदमा विजयी हासिल गरेका हुन्।

navjiwan hospital

निर्वाचनमा जम्मा ९१ मत खसेको थियो। जसमा ओझाले ४९ मत प्राप्त गर्दा उनका प्रतिद्वन्द्वी कुवरले ४० मत पाए। २ मत भने बदर भएको निर्वाचन समितिले जनाएको छ।

attariya hospital

अध्यक्षमा निर्वाचित भएलगत्तै ओझाले आफ्नो कार्यकालका लागि पदाधिकारी टिम घोषणा गरेका छन्। जसअनुसार महासचिवमा दिपक गौतम, कोशाध्यक्षमा आशिष शाह तथा कानुनी सल्लाहकारमा ललित बम्मलाई मनोनीत गरिएको छ।

यसअघि नै धनगढी जेसिजको कार्यकारिणी उपाध्यक्ष तथा उपाध्यक्ष पदहरूमा उम्मेदवारी निर्विरोध निर्वाचित भइसकेको निर्वाचन समितिले जानकारी दिएको छ। यससँगै २०२६ कार्यकालका लागि जेसिजको नयाँ नेतृत्व टिम लगभग पूर्ण भएको छ।