धनगढी – कैलालीको धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताको उपाधि कैलालीको गेटामा रहेको विद्याभूषण पब्लिक स्कुलले जितेको छ । स्टेपिङ स्टोन बोर्डिङ स्कुललाई २६ रनले पराजित गर्दै विद्याभूषण च्याम्पियन भएको हो ।

धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा भएको फाइनलमा विद्याभूषणले टस जितेर ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२५ रन बनाएको थियो । जवाफी ब्याटिङ थालेको स्टेपिङले १७ ओभरमा ९९ रन मात्रै बनाउनसक्यो ।

आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीले ८ कक्षामुनिको उक्त प्रतियोगिताका विजेतालाई नगद ५० हजार र उपविजेता टिमलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिएको बताए । उनका अनुसार सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिएको छ ।














