खाेज्नुहाेस

सत्यवती एकेडेमीले आयोजना गर्ने फुटबल प्रतियोगिताको ट्रफी सार्वजनिक

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले आयोजना गर्न लागेको प्रथम सत्यवती छात्र फुटबल कपको ट्रफी सार्वजनिक गरिएको छ । शनिबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजक विद्यालयले ट्रफी सार्वजनिक गरेको हो ।

navjiwan hospital

यही मंसिर २९ गतेदेखी आयोजना हुन गैरहेको प्रतियोगितामा कैलाली र कञ्चनपुरका २३ वटा विद्यालयका टिमहरुको सहभागिता रहेको प्रतियोगता संयोजक सन्तोष कार्कीले जानकारी दिए । उनले प्रतियोगितामा सहभागि टिमहरुलाई ड्रेस, बुट लगायतका सामग्रीहरु अनिवार्य गराईएको बताए ।

attariya hospital

पत्रकार सम्मेलनमा बोल्दै सत्यवती एकेडेमीका सह प्राचार्य चुडामणी गजुरेलले विद्यार्थीहरुलाई खेलप्रति रुची जगाउनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको बताए । उनले पछिल्लो समय विद्यार्थीहरुले ग्याजेट्समा बढी ध्यान दिने गरेको र त्यसको दुरुपयोग बढेकाले त्यसलाई कम गर्न प्रतियोगिताले महत्वपुर्ण भुमिका निर्वाह गर्ने विश्वास लिएको बताए ।

उनका अनुसार प्रतियोगिताको विजेता टोलीले नगद रु. २० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ भने दोस्रो हुने टोलीले नगद रु. १० हजार सहित ट्रफि र मेडल प्राप्त गर्नेछ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेन्डर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिने उनले बताए ।
कक्षा ६ सम्मका विद्यार्थीहरु मात्रै सहभागि हुन पाउने उक्त प्रतियोगिताको पत्रकार सम्मेलनमै गोलाप्रथाबाट खेलतालिका सार्वजनिक गरिएको छ । प्रतियोगिता सत्यवतीको आफ्नै खेलमैदानमा हुने बताईएको छ ।