खाेज्नुहाेस

धनगढीबाट लागूऔषध सहित २ जना पक्राउ

Image
सांकेतिक फोटो
navjiwan hospital

धनगढी – धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–३ त्रिनगरबाट धनगढी उपमहानगरपालिका–२ रैका टोलका २३ वर्षीय विकास सेवा र धनगढी उपमहानगरपालिका–८ बस्ने ३२ वर्षीय प्रदिप योगी पक्राउ परेका हुन ।

पक्राउ परेका विकासको साथबाट १ ग्राम १८० मिलिग्राम र प्रदिपको साथबाट ५ ग्राम ९२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो

attariya hospital