अत्तरिया – कैलालीको चिसापानीबाट एक किलो १६० ग्राम गाँजा सहित एक जना पक्राउ परेका छन् । बिहीबार लम्की चुहा नगरपालिका – ३ चिसापानी स्थित १ नम्बर पुलबाट नयाँवस्ती जाने सडक किनारमा रति कठायतले सञ्चालन गरेको खोका पसलमा गाँजा बरामद गरिएको हो ।


शङ्का लागी चेकजाँच गर्दा उक्त खोका भित्र काठको र्याकमा स्टिलको २ डिब्बा र प्लास्टिकको डिब्बा भित्र लुकाई राखेको अवस्थामा १ गाँजा बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । प्रहरीले गाँजा सहित पक्राउ परेका कठायतमाथि थप अनुसन्धान भइरहेको जनाएको छ ।













