धनगढी – कैलालीमा ट्याक्टरले गोरु गोरु डल्लबलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।


बिहीबार घोडाघोडी नगरपालिका–१० अन्तर्गतको भित्री सडक खण्डमा से १ त ५९०६ नम्बरको ट्याक्टरले सोही दिशातर्फ गइरहेका गोरु डल्लबलाई ठक्कर दिँदा गोरु डल्लबलाई चलाइरुहेका ५२ वर्षीय अजुवा सार्कीको मृत्यु भएको छ ।
ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएका सार्कीलाई निसर्ग अस्पताल धनगढीमा ल्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए । ट्याक्टर चालक फरार रहेको र उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।











