धनगढी – कैलालीमा मलद्वारमा लुकाइएको लागू औषध खैरो हेरोइन सहित एक जना पक्राउ परको छन् ।


टीकापुर नगरपालिका–९, खकरौला बिट नजिकबाट मलद्वारमा लुकाइएको लागू औषध सहित लम्की चुहा नगरपालिका–१ बस्ने २८ वर्षीय सेराज सल्मानीलाई पक्राउ परेका हुन ।
उनको साथबाट ७ ग्राम २ सय मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।
विशेष सूचनाका आधारमा प्रहरीले चेकजाँच गर्दै मलद्वारभित्र लुकाई राखेको कालो प्लास्टिकको एक पोका खैरो हेरोइन बरामद गरेको प्रहरीले जनाएको छ ।












