खाेज्नुहाेस

गुरुकुल, विद्याभूषण, स्टेपिङ र ऐश्वर्य आरपीएल क्रिकेटको सेमिफाइनमा

Image

धनगढी – कैलालीको धनगढीमा जारी ‘बाल्मिकी प्लस टू राइजिङ स्टार प्रिमियर लिग’ आरपीएल क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुग्ने चार टिमको टुंगो लागेको छ ।

बुधबार भएका दुई र बिहिबार भएका दुई क्वाटरफाइनलका खेलबाट सेमिफाइनल पुग्ने चार टिमको टुंगो लागेको हो । अयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रिन्सिपल हरिश शाहीले दिएको जानकारीअनुसार गुरुकुल एकेमेडी, विद्याभूषण पब्लिक स्कुल, स्टेपिङ स्टोन बोर्डिङ स्कुल र ऐश्वर्य विद्या निकेतन सेमिफाइनलमा पुगेका छन् ।

attariya hospital
navjiwan hospital

विहिबार भएको पहिलो खेलमा थ्री स्टारलाई २२ रनले पराजित गर्दै स्टेपिङ स्टोन अन्तिम चारमा पुगेको हो । दोस्रो खेलमा हिलवल्र्ड स्कुललाई १० रनले पराजित गर्दै ऐश्वर्य विद्या निकेतन पनि सेमिफाइनलमा पुगेको छ ।

यसअघि नै गुरुकुल एकेमेडी, विद्याभूषण पब्लिक स्कुल सेमिफाइनमा स्थान सुरक्षित गर्न सफल भइसकेका थिए । क्टावरफाइनलको खेलमा विद्याभूषणले डिस्कभरीलाई ३६ रन र गुरुकुलले धनगढी प्रज्ञा सदनलाई १६ रनले पराजित गरेको थियो ।

आयोजकका अनुसार शुक्रबार सेमिफाइनलका दुई खेल हुनेछन् भने पर्सी फाइनल खेल हुने छ । धनगढीस्थित मट्यारीमा रहेको श्रीकृष्ण सामुदायिक वनको खेल मैदानमा प्रतियोगिता सञ्चालन भइरहेको हो । आयोजक राइजिङ स्टार बोर्डिङ स्कुलका प्रवन्ध निर्देशक कलेन्द्र शाहीका अनुसार ८ कक्षामुनिको प्रतियोगिताका विजेताले नगद ५० हजार र उपविजेता टिमलाई २५ हजारसहित ट्रफी र मेडल प्रदान गरिने छ । सर्वोत्कृष्ट खेलाडीलाई नगद पाँच हजार, उत्कृष्ट ब्याटर, बलर र उदयमान खेलाडीलाई दुई–दुई हजार प्रदान गरिने छ ।