अत्तरिया – कैलालीबाट प्रहरीले जिल्ला अदालत कैलालीको बिभिन्न मितिमा जरिवाना र कैद सजाय तोकेका ३ जनालाई पक्राउ गरेको छ ।

बुधबार बैकिङ कसुर मुद्दामा १५ दिन कैद सजाय र ५ लाख १० हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १ का ३७ को छेदुराम डगौरा थारु पक्राउ परेका छन ।

यस्तै लागूऔषध मुद्दामा १ बर्ष कैद सजाय र ५ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका – १ कै ३२ वर्षीय धन बहादुर बोहरा र लागूऔषध मुद्दामा मुद्दामै १ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका – ७ का २५ वर्षीय सुरेश चौधरी पक्राउ परेका छन ।












