
अत्तरिया – कैलालीको सरस्वती सामुदायीक वन भित्र भरुवा बन्दुक फेला परेको छ । बुधबार भजनी नगरपालिका – ९ गन्जहुवा स्थित सरस्वती सामुदायीक वन भित्र रहेको लम्की तालको छेउमा एक थान भरुवा कन्दुक भेटिएको हो ।
रुखको टोट्कोमा एक नाले भरुवा बन्दुक राखेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भजनीबाट खटिएको प्रहरी टोलीले उक्त बन्दुक नियन्त्रणमा लिएको थियो । सो सम्बन्धमा अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।


















