
धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको छ । प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रमअनुसार द्वन्द्वपीडित, बेपत्ता र सहिद परिवारहरूको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रमका लागि दरखास्त आह्वान गरेको हो ।
मन्त्रालयले नेपाल सरकार, स्वास्थ्य बीमा बोर्डबाट सञ्चालित स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भई चालू आर्थिक वर्ष २०८२/०८३ का लागि स्वास्थ्य बीमा गरेका यस सुदूरपश्चिम प्रदेशभित्र स्थायी बसोबास गर्ने द्वन्द्वपीडित, बेपत्ता, सहिद परिवार, जेनजी आन्दोलनका सहिद परिवार र जेनजी आन्दोलनका घाइतेहरूलाई स्वास्थ्य बीमा बापतको रकम शोधभर्ना भुक्तानी गर्नेछ । इच्छुक तथा योग्य परिवारहरूलाई दरखास्त आह्वान गरिएको मन्त्रालयले जनाएको छ ।


















