खाेज्नुहाेस

रोयल इन फिल्ड हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा

Image

अत्तरिया– मिड साईज मोटरसाईकल समुहमा विश्वकै अग्रणी ब्राण्डका रुपमा रहेको रोयल इन फिल्डको लोकप्र्रिय स्ट्रिट रोड्स्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा आएको छ । कम्पनिले विभिन्न ४ स्ट्रिट इन्स्पार्यड कलरहरुमा मोटरसाईकलको नयाँ संस्करण बजारमा ल्याएको हो ।

धनगढीस्थित रोयल इन फिल्ड को शोरुम भूमी अटो हब प्रा.लि.ले सुधारिएको सस्पेन्सन तथा सहज एर्गाेनोमिक डिजाइन सहितको बिएस भिआई सहितको नयाँ हन्टर ३५० को २०२५ संस्करण धनगढी बजारमा पनि उपलब्ध भएको जनाएको छ । शोरुमका अनुसार कम्पनिले रियो ह्वाईट, टोक्यो ब्ल्याक, लन्डन रेड र ग्राफिट ग्रे गरी ४ स्ट्रिट इन्स्पायर्ड कलरहरु मा हन्टर ३५० को नयाँ संस्करण बजारमा ल्याएको हो ।

attariya hospital
navjiwan hospital

उक्त संस्करणमा स्लिप एसिस्ट क्लच जडान गरिएको कम्पनिले जनाएको छ । जुन कम्पनिको ३५० सिसि मोडलमा पहिलो पटक प्रयोग भएको सुविधा हो । साथै पछाडीको परिमार्जित सस्पेन्सर, बढेर १६० एमएम ग्राउण्ड क्लियरेन्स, सुधारिएको सिट, ड्युल च्यानल एबिएस, एलइडी हेडलैम्प तथा एर्गाेनोमिक डिजाईन नयाँ संस्करणमा रहेको कम्पनिले उल्लेख गरेको छ ।

सन २०२२ मा पहिलो पटक बजारमा आएको यो मोडेलले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनिले जनाएको छ । कम्पनिका अनुसार नयाँ संस्करणको हन्टर ३५० को मुल्य Single tone मा रियो ह्वाईट, ड्यापर ग्रे र ग्राफिट ग्रे को मुल्य ४ लाख ९४ हजार ९०० तथा Dual tone मा टोक्यो ब्ल्याक, लण्डन रेड र रिबेल ब्ल्यू को मुल्य ४ लाख ९९ हजार ९०० रहेको छ । कपनिले देशरभका शोरुमहरुमा बुकिङ र टेस्ट–राइड खुला रहेको जनाएको छ ।