खाेज्नुहाेस

अत्तरियामा रहेको सत्यवती एकेडेमीले प्रथम छात्र फुटबल कप आयोजना गर्दै

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको सत्यवती एकेडेमीले प्रथम सत्यवती छात्र फुटबल कप आयोजना गर्ने भएको छ । यही मंसिर २९ गतेदेखी विद्यालयले प्रतियोगिता आयोजना गर्न लागेको हो ।

navjiwan hospital

कक्षा ६ सम्मका विद्यार्थीहरु मात्रै सहभागि हुन पाउने उक्त प्रतियोगिताको प्रथम पुरस्कार नगद रु. २० हजार सहित ट्रफि र मेडल रहेको छ भने द्धितिय पुरस्कार नगद रु. १० हजार सहित ट्रफि र मेडल रहेको छ । प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, गोलकर्ता, डिफेन्डर र प्लेयर अफ द टुर्नामेन्टलाई पनि पुरस्कृत गरिने खेल संयोजक सन्तोष कार्कीले जानकारी दिए ।

attariya hospital

उनले प्रतियोगिताका एउटा विद्यालयबाट १ भन्दा बढी टिम पनि दर्ता गर्न सकिने बताए । उनका अनुसार विद्यालयका विद्यार्थीहरुलाई फुटबल प्रति रुची जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो । उनले विद्यार्थीहरुलाई खेलमा आकर्षित गरे विद्युतिय उपकरणहरुको दुरुपयोग पनि कम हुने अपेक्षा लिएको बताए ।