खाेज्नुहाेस

कांग्रेस कैलालीमा पाँच वटै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस

Image

धनगढी – नेपाली कांग्रेस कैलालीले आसन्न प्रतिनिधि सभा सदस्य र राष्ट्रिय सभा सदस्य पदका लागि उम्मेदवार सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधि सभा र माघमा हुने राष्ट्रिय सभा निर्वाचनलाई लक्षित गर्दै कांग्रेसको तल्लो तहबाट उम्मेदवार सिफारिस गरेको हो ।

जिल्ला सचिव नृप सुनारका अनुसार कांग्रेसको विधान र केन्द्रको परिपत्र अनुसार क्षेत्रीय कार्यसमितिहरूले प्रत्यक्ष र समानुपातिकतर्फका उम्मेदवारहरूको नाम सिफारिस गरेर पठाएका छन् ।

attariya hospital

जसअनुसार प्रतिनिधि सभातर्फ क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ तप्तराज जोशी, जनकराज चौधरी, बुद्धिसागर चौधरी, डा. रणबहादुर रावल र पूर्वमन्त्री रामजनम चौधरीको नाम सिफारिस भएको छ । समानुपातिकमा उमाकुमारी वादी, केशरीकुमारी रावल, धिरज रेग्मी, दीर्घबहादुर रावल, वीरबहादुर हमाल, राजेशकुमार टमटा र सुशीला स्वारको नाम सिफारिस भएको छ । यस्तै राष्ट्रिय सभाका लागि जगन्नाथ रिमाल, नीरबहादुर खड्का र फकिरसिंह कडायतको नाम सिफारिस भएको छ ।

navjiwan hospital

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ कृष्णराज पाण्डेय, घनश्याम जोशी, विजयबहादुर स्वार, हिमबहादुर रावल, गोपालबहादुर बम, ललित भट्ट, वीरबहादुर थारु, नमराज उपाध्याय, जितेन्द्र उपाध्याय र मोहन राठौर सिफारिस भएका छन् । समानुपातिकमा शिवा थापा, टीका चौधरी, सुमन सञ्जेल, रिता चौधरी, गोविन्द विष्ट, बलबहादुर विष्ट, रविन्द्रकुमार चौधरी, सुशीला जोशी, कर्णबहादुर चौधरी, नन्दाराम वादी र नृप सुवर्णकार छन् ।
राष्ट्रिय सभाका लागि जनकबहादुर बम, मोहनसिंह राठौर, अम्बिकाकुमारी भट्टराई, शिवा थापा, बलबहादुर विष्ट, धर्मराज र नारायण शर्माको नाम सिफारिस भएको छ ।

क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा सदस्यमा प्रत्यक्षतर्फ खेमराज चौधरी, भीम बडुवाल, अविनाश चौधरी र झंकर शाह सिफारिस भएका छन् । समानुपातिकमा रिता चौधरी, रामकुमारी चौधरी र सम्झना खत्री तथा राष्ट्रिय सभाका लागि रामचरण चौधरी र कलावती शाह सिफारिस भएका छन् ।

क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ वीरबहादुर बलायर, दिनेशराज जोशी, विजयबहादुर कुँवर, लोकराज पाण्डेय ‘आगो’, टेकराज जोशी, नैनसिंह महर र भुवन महराको नाम सिफारिस गरिएको छ । यस्तै समानुपातिकतर्फ यज्ञनिधि कोइराला, जानकी पाल, खडकसिंह बडैला, गोपालबहादुर देउवा, गंगा कामी र रमेश ताम्राकारको नाम सिफारिस भएको छ भने राष्ट्रिय सभाका लागि डा. लक्ष्मीराज पाठक, गजेन्द्र पन्त र हिरा भट्ट सिफारिसमा परेका छन् ।

क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ डा. आरजु राणा देउवा, नारायण शाह ‘मनु’, क्षितिज भण्डारी, डिल्लीराज पन्त र नृप वड गरी ४ जनाको नाम सिफारिस गरिएको छ ।

समानुपातिकतर्फ डा. जीवन राना, गौरीकुमारी लामा, मन्च देवल, सुशीला मिश्र भट्ट, सुनिता कुमारी राना, पुष्पा भट्ट जोशी, नृप चोखाल, जागृत बोगटी, टेकबहादुर रैका, प्रमिला लम्साल र नरबहादुर बम लगायत ११ जनाको नाम सिफारिस भएको छ । यसैगरी यहाँबाट राष्ट्रिय सभाका लागि रिता भण्डारी, हरिश खड्का र रामचन्द्र ओझाको नाम उम्मेदवारमा सिफारिस गरिएको छ ।