खाेज्नुहाेस

सुदूरपश्चिममा धानको कोटा थप गर्न संघीय सरकारलाई प्रदेशको आग्रह

Image

धनगढी – सरकारले निर्धारण गरेको मूल्यमा धान बिक्री गर्न नपाएर गल्ला व्यापारीलाई सस्तो मूल्यमा बिक्री गर्नु परेको भन्दै किसानहरूले निरन्तर गुनासो गरेपछि सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिममा ५० हजार क्विन्टल धान खरिद कोटा थप गर्न संघ सरकारसमक्ष लिखित आग्रह गरेका छन् ।

navjiwan hospital

नेपाल सरकारले यसअघि सुदूरपश्चिमस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमार्फत कैलालीमा ३५ हजार र कञ्चनपुरमा पाँच हजार क्विन्टल मात्र धान खरिदको कोटा निर्धारण गरेको थियो । तर खरिद सुरु गरेको दुई सातामै कोटा पूरा भएको भन्दै खाद्यले कात्तिक मसान्तमै खरिद कार्य बन्द गरिसकेको छ ।

attariya hospital

खाद्यले धान खरिद रोकेपछि कैलाली, कञ्चनपुरका अधिकांश किसानहरू धान बिक्री गर्न नपाएर घरमै थन्क्याएका छन् । कतिपय सस्तो मूल्यमा स्थानीय गल्ला व्यापारीलाई बिक्री गर्न बाध्य भइरहेको बताउँछन् । सरकारले निर्धारण गरेको मूल्य प्रतिक्विन्टल ३ हजार ४६३.८१ रुपैयाँ छ भने किसानहरू स्थानीय गल्ला व्यापारीलाई प्रतिक्विन्टल २ हजार ३ सयमै बिक्री गर्न बाध्य छन् ।