खाेज्नुहाेस

कैलाली– ५ बाट आरजुसहित चार जनाको नाम सिफारिस

Image

धनगढी – नेपाली कांग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नम्बर ५ कैलालीले प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । पूर्वपरराष्ट्रमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य आरजु राणा देउवासहित चार जनाको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।

navjiwan hospital

आरजुसहित पार्टीका प्रदेश महामन्त्री नरनारायण शाह ‘मनु’, २०७९ सालको निर्वाचन सोही क्षेत्रबाट जितेका डिल्लीराज पन्त र धनगढीका पूर्वमेयर नृपबहादुर वडको नाम जिल्ला कमिटीलाई सिफारिस गरिएको क्षेत्रीय समितिका प्रवक्ता प्रदीप पाठकले जानकारी दिए ।

attariya hospital

नाम सिफारिस गर्न क्षेत्र नम्बर ५ ले मंगलबार बिहान १० बजेदेखि २ बजेसम्म इच्छुक उम्मेदवारलाई नाम दर्ता गर्न आह्वान गरेको थियो । चार जनाको नाम मात्रै दर्ता भएपछि सबैको नाम सिफारिस गरिएको क्षेत्रीय समितिले जनाएको छ ।