खाेज्नुहाेस

डडेल्धुराबाट अन्तिम चुनाव लड्ने देउवाकाे इच्छा

Image

डडेल्धुरा  – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आगामी १२ फागुनमा हुने प्रतिनिधिसभाको चुनाव अन्तिमपटक भन्दै लड्ने इच्छा देखाएका छन् । बुधबार चुनदेवीस्थित निवासमा पुगेका नेता कार्यकर्तासँग उनले अन्तिमपटक चुनाव लड्ने बताएका हुन् ।

navjiwan hospital

गृहजिल्ला डडेल्धुराका युवा नेता तथा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्टसँग मंगलबार निवास चुनदेवीमा भएको कुराकानीमा पनि सभापति देउवाले डडेल्धुरामा आफ्नो माहौल बारेमा जिज्ञासा राखेका थिए । ‘बिहान सभापतिज्यूलाई भेट्न गएको थिए । जिल्लामा मेरो माहौल कस्तो छ भन्नुभयो ? २४ भदौको घटनापछि र दसैँतिहारमा भएको मुभमेन्टले राम्रो बन्दै गएको कुरा राखेँ । जनताको सेन्टिमेन्ट पनि छ,’ भट्टले भने, ‘उहाँले अन्तिमपटक म डडेल्धुराबाट प्रतिनिधिसभा चुनाव लड्ने पक्षमा छु भन्नुभयो ।’

attariya hospital

देउवा २०४८, २०५१, २०५६, २०६४, २०७०, २०७४ र २०७९ को चुनावमा डडेल्धुराबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए । २०७९ को चुनावमा देउवा २५ हजार ५ सय ३४ मत ल्याएका विजयी भएका थिए । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले १३ हजार ४२ मत ल्याएका थिए ।

नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधिले बैठकमार्फत प्रतिनिधिसभा र राष्ट्रियसभातर्फका उम्मेदवार हुन चाहेका व्यक्तिहरूको नामावली सिफारिस गर्ने काम गरिरहेको छ ।