खाेज्नुहाेस

उर्जासिल कर्मचारी संघको सुदूरपश्चिम प्रदेश अधिवेशन सम्पन्न 

Image
अत्तरिया – नेपाल विद्युत् प्राधिकरण मा उर्जासिल कर्मचारी संघको सुदूरपश्चिम प्रदेश को प्रथम अधिवेशन अत्तरियामा सम्पन्न भएको छ । सोमबार  केन्द्रीय संयोजक इन्द्र प्रसाद न्यौपाने प्रमुख आतिथ्ययतामा अधिवेशन सम्पन्न भएको हो ।
attariya hospital
navjiwan hospital
केन्द्रीय सदस्य विष्णु पाठकको अध्यक्षतामा भएको कार्यक्रममा महेश्वर दत्त पनेरु विशिष्ट अतिथि रहेका थिए भने भास्कर दत्त पन्तले कार्यक्रमको सञ्चालन गरेका थिए ।
कार्यक्रममा प्रदेश अध्यक्षमा कर्ण बहादुर बोहरा, उपाध्यक्षमा जनक पुजारा र सचिवमा भास्कर दत्त पन्त सहित १९ सदस्यीय प्रदेश कमिटी सर्वसम्मत रूपमा गठन गरिएको छ ।