खाेज्नुहाेस

कैलाली क्षेत्र नं. ४ बाट प्रतिनिधि सभाको उम्मेदवारमा स्ववियु सभापति महरा पनि

Image

नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ बाट आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि ७ जनाले नाम दर्ता गराएका छन् । जसमा यसअघिका प्रतिनिधि सभा सदस्य वीर बहादुर बलायर सहित अन्य ६ जना छन् ।

ति ६ जनामा युवा प्रतिनिधिका रुपमा भुवन महराले नाम दर्ता गराएका छन । महरा दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका स्ववियु सभापति हुन । लगातार दोस्रो कार्यकाल स्ववियु सभापति बनेका उनले यसपटक युवा प्रतिनिधिको रुपमा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नाम दर्ता गराएका हुन् ।

attariya hospital
navjiwan hospital

२०७९ सालको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा भुवन महरालाई नेपाल विद्यार्थी संघबाट सभापतिको टिकट पाउनै हम्मे हम्मे परेको थियो । अन्तिम समयमा टिकट पाए पनि उनलाई नेविसंघबाटै उठेका बागी उम्मेदवारले चुनौती दिएका थिए । चुनौतीका बिच उनले कुल खसेको ८७४ मत मध्ये ३७४ मत पाएर विजयी भए ।

एक कार्यकाल पुरा गरेका महरालाई दोस्रो पटक भने टिकट पाउन त्यति गाह्रो भएन । तर, यस पटक अघिल्लो चुनावमा हार चाखेका विद्यार्थी संगठन एक भएर चुनावमा होमिएकाले महरालाई जित निकाल्न ठुलो चुनौती थियो । जसमा अनेरास्ववियु, अखिल क्रान्तिकारी लगायतका ५ संगठन आबद्ध थिए । तर, यस पटक उनी अघिल्लो चुनाव भन्दा बढी ४४१ मत ल्याएर विजयी भए ।

पहिलो कार्यकाल सम्पन्न गरी स्ववियुको दोस्रो कार्यकाल सम्हालिरहेका महरा यसपटक प्रतिनिधि सभाको निर्वाचमा होमिनका लागि अग्रसर बनेका छन ।