खाेज्नुहाेस

सुदूरपश्चिमका मुख्यमन्त्री शाह र अर्थमन्त्री खनाल बिच भेटवार्ता

Image

धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र नेपाल सरकारका अर्थमन्त्री रामेश्वर खनालबीच सोमबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ ।

navjiwan hospital

उक्त भेटवार्तामा प्रदेश तथा संघीय सरकारबीचका समसामयिक मुद्दा, विकास आयोजना, कृषि तथा आर्थिक व्यवस्थापनका विषयमा विस्तृत छलफल भएको थियो । मुख्यमन्त्री शाहले धान खरिदको कोटा अपर्याप्त भएको भन्दै सुदूरपश्चिमका किसानहरूलाई राहत मिल्ने गरी थप धान खरिद कोटा ५० हजार क्विन्टलले बढाइदिन आग्रह गरे ।

attariya hospital

यस वर्ष खाद्य व्यवस्था तथा व्यापार कम्पनीले ३५ हजार क्विन्टलको अनुमति पाएको ३८,९४८ क्विन्टल खरिद गरिसकेको र प्रदेशका किसानलाई थप सहजीकरण आवश्यक रहेको उनको भनाइ थियो । त्यसैगरी मलखादको अनुदान कोटा १३ प्रतिशत हुनुपर्नेमा हाल ६ प्रतिशतमा सीमित भएकाले यसको तत्काल समाधान खोजिदिन पनि मुख्यमन्त्रीले आग्रह गरेका थिए । साथै मुख्यमन्त्री शाहले डडेल्धुरा बागबजार पोखरा सडक स्तरोन्नती गर्न अविलम्ब ठेक्का प्रक्रिया अगाडि बढाई योजनालाई बहुवर्षिय बनाउन अनुरोध गरे ।

यसैगरि अर्थमन्त्री रामेश्वर खनालले जेनजी आन्दोलनका क्रममा ध्वस्त भएको मुख्यमन्त्री कार्यालयको निरीक्षण समेत गरेका थिए । उनले उच्चस्तरीय छानबिन समितिले पेश गरेको प्रतिवेदनका आधारमा दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने र पुनर्निर्माण तथा व्यवस्थापनका विषयमा संघीय तहबाट आवश्यक सहयोग प्रदान गर्ने प्रतिबद्धता जनाए ।