अत्तरिया – नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले केपी शर्मा ओलीका कारण देश खरानी भएको बताएका छन् । सोमबार अत्तरिया स्थित नेपाल कम्युनिस्ट पार्टीको नगर स्तरीय एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले केपी ओलीको दम्भ, घमन्डका कारण देश खरानी भएको बताएका हुन ।
उनले ओलीले भदौ २३ गतेको आन्दोलनमा जेनजी मारिएपछि पनि देखाएको दम्भ घमन्डका कारण देश खरानी बनेको बताए । ‘तत्कालीन ७ पार्टीको सरकारले युवाहरूको कुरा सुनेन उल्टै अन्धाधुन्ध गोली चलायो । कयौ आमाका कोख रित्तिए’ उनले भने ‘हामीले त्यसै बेला युवाहरूमाथि चलाएको गोली गलत छ भनेका थियौ । तर, ओलीजीले नेतृत्व गरेको सरकारले सुनेन ।’ उनले २३ गते ओली सरकारको निरङ्कुश चरित्र देखिएपछि देशव्यापी रूपमा आक्रोश फैलिएको बताए । उनले सरकारको काम सिमानाको रक्षा गर्नु, जनताको सुरक्षा गर्नु भए पनि प्रधानमन्त्री हेलिकोप्टर चढेर भागेको बताए ।


उनले यसअघि पनि बनाएको नेपाल कम्युनिस्ट पार्टी केपी ओलीले संविधान सभा विगठन गरेपछि पार्टी नै खरानी भएको बताए ।
उनले देशका दुई ठुला दलको अपवित्र गठबन्धनको सरकार तत्कालीन सरकार पनि खरानी बनाएको बताए ।
उनले पार्टी, सरकार खरानी बनाएर केपी ओलीले देश नै खरानी बनाएको बताए ।
















