
डडेल्धुरा – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले डडेल्धुरामा ‘बृहत् एकता सन्देश सभा’ आयोजना गर्ने भएको छ । मंसिर २४ मा सदरमुकामको बसपार्कमा सभाको आयोजना गरिएको हो । बृहत् एकता सन्देश अभियान मूल समितिका संयोजक उमेश भट्टले एकता सन्देश सभामा पूर्वउपप्रधानमन्त्री भीम रावल, नेता खगराज भट्ट, भानुभक्त जोशी, प्रकाश शाह लगायतका केन्द्रीय तथा प्रदेश स्तरका नेताहरू सहभागी हुनेछन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा राजनीतिक वातावरण निर्माण र संगठनभित्रको स्पष्ट मार्गचित्र तय गर्न यो सभा महत्त्वपूर्ण हुने भट्टको भनाइ छ ।
















