
धनगढी – कञ्चनपुरको बेदकोट नगरपालिका–२ जडेपानीमा पार्किङ गरेर राखिएको बसमा आगलागी भएको छ । शनिबार राति केशव नाथले सडक छेउमा पार्किङ गरी राखिएको पवन दुत यातायातको बा ३ ख ९८३७ नम्बरको बसमा अचानक आगलागी भएको हो । आगलागीको कारण खुलेको छैन ।
घटनास्थलमा पुगेको प्रहरी तथा स्थानीय बासिन्दाले आगो नियन्त्रणमा लिएका थिए । बस पूर्ण रूपमा क्षतिग्रस्त भएको र आगलागीको विस्तृत कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















