खाेज्नुहाेस

सुदूरपश्चिम सरकारले खोलेको एमबिबिएस छात्रवृत्तिका लागि २०१ जनाको आवेदन

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले एमबिबिएस छात्रवृत्तिका लागि माग गरेको आवेदनमा २०१ जनाले फारम भरेका छन् ।

navjiwan hospital

मन्त्रालयले चिकित्सा शिक्षा आयोगबाट शैक्षिक सत्र २०८२ का लागि सञ्चालित एमबिबिएस प्रदेश परीक्षा उत्तीर्ण गरेका र सुदूरपश्चिम स्थायी बसोबास भएकाहरूबाट आवेदन माग गरेको थियो ।

attariya hospital

मंसिर २ गते देखि १६ गते सम्ममा २०१ जनाले फारम भरेको मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत जयदेव महराले बताएका छन् । मन्त्रालयले खुला तर्फ ५, महिला १, दलित १ थारु÷राना थारु १ र अपाङ्गता भएका १ जना गरी ९ जनाका लागि आवेदन माग गरेको थियो ।