धनगढी – कैलालीको लम्कीबाट चरेस सहित एक पुरुष पक्राउ परेका छन्।

इलाका प्रहरी कार्यालय लम्की, कैलालीबाट खटिएको प्रहरी टोलीले बाजुराको स्वामिकार्तिक गाउँपालिका–२ घर भइ हाल कैलालीको लम्कीचुहा नगरपालिका–१ थपालीपुर बस्ने ५७ वर्षीय शंकर हमाललाइ चरेस सहित पक्राउ गरेको हो।

उनको साथबाट १८ ग्राम ६ मिलिग्राम चरेस फेला पारि नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।

















