खाेज्नुहाेस

गोदावरी– ८ स्याउलेमा रक्तदान र सरसफाई कार्यक्रम हुने

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ८ स्याउले बजारमा रक्तदान तथा सरसफाई कार्यक्रम हुने भएको छ । शनिबार विभिन्न सहयोगीदाताहरुको सहयोगमा स्याउले बजार व्यवस्थापन समितिले रक्तदान तथा सरसफाई कार्यक्रम आयोजना गर्न लागेको हो ।

navjiwan hospital

‘रक्तदान – जिवन दान, सरसफाई – स्वस्थ समाज’ भन्ने मुल नाराका साथ कार्यक्रम आयोजना गर्न लागेको समितिका अध्यक्ष गोपाल देउवाले जानकारी दिए । उनले रक्तदान कार्यक्रमलाई सशस्त्र प्रहरी बल नेपाल नं. ४३ रिजर्ब गण हेडक्वार्टर बनबेहडा, स्याउले आधारभुत स्वास्थ्य केन्द्र, दुर्गा भवानी मावि., दुर्गा ज्योती इंगलिस स्कुल र समैजी मावि ले सहयोग गरिरहेको बताए ।

attariya hospital

त्यसबाहेक शिव शक्ति युवा क्लब, सैपाल युवा क्लब र खुटिया चारपाते युवा क्लबले पनि कार्यक्रमलाई सहयोग गरिरहेको उनको भनाई छ । उनले कार्यक्रमले समुदायमा एकता र आत्मियताको सन्देश दिने विश्वास लिएको पनि बताए ।

उनले रगत अभावका कारण अकालमै ज्यान गुमाउनुपर्ने बाध्यतालाई केही हदसम्म भएपनि कम गर्न रक्तदान कार्यक्रम गर्न लागिएको बताए । उनले साथै सरसफाईको महत्व उजागर गर्नका लागि रक्तदान कार्यक्रमसँगै सरसफाई कार्यक्रमलाई पनि जोडिएको बताए । शनिबार बिहान ८ बजे स्याउले बजार चोकमा कार्यक्रम आयोजना गरिने अध्यक्ष देउवाले बताए ।