अत्तरोया – चालू आर्थिक वर्षमा अवकाश पाएका गोदावरीका ४ स्वय सेविका ५० हजार सहित सम्मानित भएका छ्न । राष्ट्रिय महिला सामुदायिक स्वास्थ स्वयसेविका दिवसको अवसरमा महिलाहरु सम्मानित भएका हुन ।

सम्मानित हुने स्वयसेविकाहरुमा मनकली चौधरी (सेवा अवधी ३२ वर्ष)गोदावरी – ८ कैलाली, शान्ति राना (सेवा अवधी २८ वर्ष)गोदावरी – ९ कैलाली, रत्ना ओझा (सेवा अवधी २८ वर्ष) गोदावरी ७ कैलाली र निर्मला रावल (सेवा अवधी २७ वर्ष) गोदावरी ४ कैलाली रहेका छन ।

उनीहरुलाई गोदावरी नगरपालिकाकि उपप्रमुख शारदा देवी रोकायाको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा सम्मानित गरिएको थियो ।














