धनगढी – कैलालीबाट लागूऔषध सहित एक युवक पक्राउ परेका छ्न । गौरीगंगा नगरपालिका–८ बढैपुर बजारबाट गिधनिया बस्ने २९ वर्षीय मनोज बस्नेत लागू औषध सहित पक्राउ परेका हुन ।

उनको साथबाट १२ ग्राम ७५ मिलिग्राम लागूऔषध खैरो हेरोइन उनले प्रयोग गरेको स्कुटी १ थान, लागूऔषध तौल गर्ने तरा १ थान, मोबाइल ३ थान र नगद ५ हजार ९५५ फेला परेको प्रहरीले जनाएको छ ।

उनलाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय मसुरिया, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बिहीवार नियन्त्रणमा लिएको जनाएको छ।













