अत्तरिया – ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पुर्वसन्ध्यामा अत्तरिया चोकमा दीप प्रज्वलन गरिएको छ । गोदावरीमा नगर स्तरीय अपाङ्ग कार्य सञ्जालको आयोजनमा ३४ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको पुर्वसन्ध्यामा अत्तरियामा दीप प्रज्वलन गरिएको हो ।


नगर स्तरीय अपाङ्ग कार्य सञ्जालका अध्यक्ष लक्ष्मण विकले अपाङ्गता भएका व्यक्तिले पनि यो क्षेत्रमा केही गर्न सक्छन् भनेर दीप प्रज्वलन गरिएको बताए ।
उनले अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको दिन मंसिर १७ गते प्रभात फेरी, अत्तरिया बसपार्कमा सरसफाइ गरेर सुप समावेशी विद्यालयमा औपचारिक कार्यक्रम गरिने बताए ।



















