अत्तरिया – विकासका लागि युवा ऐक्यबद्धता (यार्ड) ले कैलालीको गोदावरी नगरपालिका चार वडामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम आयोजना गरेको छ । सोमबार किन्डर नोट हिल्फेको आर्थिक सहयोग तथा वडा सँगको सहकार्यमा यार्ड बाल अधिकार संरक्षणका लागि महिला सशक्तीकरण परियोजना अन्तरगत आयोजना गरेको हो । जस अन्तरगत गोदावरी नगरपालिका वडा नम्बर १, ४, ७ र १० मा -याली सहित सचेतना कार्यक्रम आयोजना गरिएको थियो ।
वडा नम्बर १ को चैतन्यपुरमा आयोजित कार्यक्रममा महिला हिंसा विरुद्ध लेखिएका सचेतना मूलक नारा लेखिएका ब्यानर सहित -याली गरेर कार्यक्रम आयोजना गरिएको यार्डकी वडा सामाजिक सहजकर्ता हेमा कुँवरले बताइन् । उनले सचेतनामूलक कार्यक्रम अन्तरगत अधिवक्ता गणेश कडायतले सहभागी महिलाहरूलाई महिला हक अधिकारका सम्बन्धी कानुनका बारेमा जानकारी दिएको बताइन् ।


यस्तै वडा नम्बर ४ को खैरानामा आयोजित कार्यक्रममा पनि सचेतना मूलक नारा लेखिएका ब्यानर सहित -याली निकालेर अधिवक्ता गणेश कडायतले सहभागी महिलाहरूलाई प्रशिक्षण दिएको यार्डकी वडा सामाजिक सहजकर्ता सावित्रा बोहराले बताइन् ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत वडा नम्बर ७ को लालपुरमा पनि कार्यक्रम आयोजना गरिएको यार्डकी वडा सामाजिक सहजकर्ता कल्पना विकले बताइन् । उनले वडामा गठन गरिएका ८ वटा सेल्फ हेल्प ग्रुपका महिलाहरूलाई सहभागी गराएर कार्यक्रमको आयोजना गरिएको बताइन् । उनले कार्यक्रममा लैङ्गिक हिंसा, छाउपडी प्रथा, बालविवाहका नारा लिएर कार्यक्रम गरिएको बताइन । उनले कार्यक्रममा अधिवक्ता गणेश कडायतले प्रशिक्षण पनि दिएको बताइन् ।
अभियानकै अवसरमा गोदावरीको वडा नम्बर १० मा पनि -याली सहित महिलाहरूबिच छलफल कार्यक्रम आयोजना गरिएको थियो । वडा कार्यालय प्राङ्गणमा आयोजना गरिएको कार्यक्रममा महिलाहरूले लैङ्गिक हिंसाका बारेमा छलफल गरिएको यार्डकी वडा सामाजिक सहजकर्ता लक्ष्मी ओडले बताइन । कार्यक्रममा यार्डकी वडा नम्बर ११ की सामाजिक सहजकर्ता तथा मानवअधिकारकर्मी लक्ष्मी विकले सहजीकरण गरेकी थिइन् ।



















