धनगढी – कैलालीको धनगढीबाट लागू औषध मुद्दामा फरार प्रतिवादी २ जना पक्राउ परेका छन्।

जिल्ला अदालत कैलाली लागूऔषध मुद्दामा १ वर्ष कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २४ वर्षीय दिलबहादुर चौधरी र ४ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–६ बस्ने २६ वर्षीय आसाराम चौधरी पक्राउ परेका हुन्।

आइतबार दुबै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।



















