खाेज्नुहाेस

कैलाली–४ मा निर्वाचनबाट एमालेको महाधिवेशन प्रतिनिधि छनोट 

Image
अत्तरिया – एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोट गरिएका छन् ।
attariya hospital
सर्वसम्मत सहमति नजुटेपछि ६ जना महाधिवेशन प्रतिनिधिका लागि निर्वाचन भएको हो । जसअन्तर्गत खुला प्रतिनिधि ३ जनाका लागि ६जना, महिला २ जनाका लागि ४ जना र युवा प्रतिनिधि १ जनाका लागि २ जनाले उम्मेदवारी दिएका थिए ।
जसअन्तर्गत खुलाबाट चक्रबहादुर बोहरा (४८५ मत), नर बहादुर तामाङ (५०५ मत) र भीम बहादुर देउवा (५२५ मत) ले विजयी भएका छन् । आनन्द प्रसाद भट्ट (२७७ मत) टिकाराम आचार्य (२८७ मत) र राम बहादुर श्रेष्ठ (२०३ मत) पराजित भएका छन् ।
navjiwan hospital
यस्तै महिला प्रतिनिधिमा रत्ना कुँवर जोशी (५०६ मत), शान्ति देवी सिंह (४८० मत) विजयी भएका छन् भने ईश्वरी देवी आचार्य (२७४ मत) गंगा कुमारी चौधरी (२७४ मत) पराजित भएका छन् ।
युवा प्रतिनिधिमा शुद्धिराम चौधरी (५४५ मत) विजयी भएका छन् । उनका प्रतिद्वन्द्व यज्ञराज कापडी (२२८ मत) पराजित भएको निर्वाचन संयोजक नरेन्द्र राज शर्माले बताए ।
वनखेत स्थित एमाले गोदावरी नगरकमिटीको पार्टि कार्यालयमा भएको मतदान केन्द्रमा ८ सय ८२ मत खसेको थियो ।