अत्तरिया – एघारौं महाधिवेशनका लागि नेकपा एमालेले कैलालीको क्षेत्र नम्बर ४ बाट प्रतिनिधि छनोटका लागि निर्वाचन हुँदै छ । सर्वसम्मत सहमति नजुटेपछि निर्वाचन हुन लागेको हो ।

६ जना महाधिवेशन प्रतिनिधिका लागि १२ जना चुनावी मैदानमा होमिएका छन् ।

खुल्लाबाट नरबहादुर तामाङ, भिम बहादुर देउवा, चक्र बहादुर बोहरा, राम बहादुर श्रेष्ठ, आन्नद प्रसाद भट्ट र टिकाराम आचार्य रहेका छन् भने महिलाबाट रत्ना कुँवर जोशी, शान्ति देवी सिंह, गंगा कुमारी चौधरी र ईश्वरी देवी आचार्य रहेका छन् । यस्तै युवाबाट यज्ञराज कापडी र सुद्धिराम चौधरी रहेका छन् ।
महाधिवेशन प्रतिनिधिका लागि खुल्लाबाट ३, महिलाबाट २ र युवाबाट १ जना गरि ६ जना छनोट हुने निर्वाचन संयोजक नरेन्द्र राज शर्माले जानकारी दिए । कैलाली -४ मा ३१ सय ३९ जना मतदाता रहेका छन् ।
















