खाेज्नुहाेस

धनगढीमा प्रहरी घेरा तोड्दै जेनजी युवामाथि आक्रमण 

Image
अत्तरिया – कैलालीको धनगढीमा शान्तिपूर्ण आन्दोलन गरिरहेको जेनजी माथि आक्रमण गरिएको हो । एमाले नेता महेश बस्नेत धनगढी आउने कार्यक्रमको विरोध गरिरहेका जेनजी माथि युवासंघको -यालीमा सहभागी युवाहरूले आक्रमण गरेका हुन ।
attariya hospital
धनगढीको जनजी मार्ग नजिकै आन्दोलन गरिरहेका जेनजी माथि कैलाली उद्योग वाणिज्य संघको हलमा आयोजित कार्यक्रममा सहभागी हुन जाने क्रममा युवा संघका कार्यकर्ताले आक्रमण गरेका थिए ।
navjiwan hospital
प्रहरीले जेनजीलाई घेरा हालेर सडक किनारामा रोकेको भए पनि -याली सहित धनगढी एयरपोर्ट देखि कार्यक्रम स्थलमा जाँदै गरेका युवा संघका कार्यकर्ता प्रहरी घेरा तोड्दै जेनजी युवामाथि आक्रमण गरेका थिए ।
आक्रमणमा परेर जेनजी अगुवा सरिता जोशी सहित २ जना घाइते भएका छन ।  उनीहरूको निसर्ग अस्पतालमा उपचार भइरहेको छ ।
भिडियो