खाेज्नुहाेस

गेटा विश्वविद्यालयका माग सहितको ज्ञापन पत्र शिक्षामन्त्री पुनलाई बुझाइयो

Image

अत्तरिया – कैलालीको गेटा स्थित सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयका माग सहितको ज्ञापन पत्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनलाई बुझाइएको छ । बिहीबार सहिद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय सरोकार तथा समन्वय समितिले शिक्षा मन्त्रीलाई धन्यवाद सहितको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्रमा विश्वविद्यालय ऐन कार्यान्वयनका लागि पहल गरेकोमा धन्यावाद दिँदै विश्वविद्यालयको उपकुलपति र रजिस्ट्रार नियुक्तिका साथै अन्य हुने महत्त्वपूर्ण नियुक्तिहरूमा निष्पक्षता अपनाउन माग गरिएको छ ।

attariya hospital
navjiwan hospital

सरोकार तथा समन्वय समितिका संयोजक लोकराज पाण्डे (आगो), सह संयोजक आनन्द प्रसाद भट्ट र सचिव धर्मसिंह कुँवरको हस्ताक्षर रहेको ज्ञापन पत्रमा विश्वविद्यालयमा तत्काल ६ सय शय्याको अस्पताल सञ्चालन गरी यसै वर्ष देखि एमबिबिएस अध्ययन अध्यापन सुरु गर्न माग गरिएको छ ।

साथै बाकी विश्वविद्यालय सभा सदस्य तत्काल मनोनीत गरी विश्व विद्यालय सभालाई पूर्णता दिन पनि माग गरिएको छ । विश्वविद्यालयको ऐन अनुसार शिक्षा मन्त्री विश्वविद्यालयको सह कुलपति रहने र उनकै अध्यक्षतामा सभा बस्ने व्यवस्था छ ।

ज्ञापन पत्र बुझ्दै शिक्षामन्त्री पुनले उपकुलपति, रजिस्ट्रार नियुक्ति प्रक्रियामा रहेकाले अन्य नियुक्तिका पद पनि तत्काल टुङ्गोमा लगाउने बताएको सरोकार तथा समन्वय समितिका संयोजक पाण्डेले बताए । उनले शिक्षामन्त्रीले अस्पताल पनि शिक्षा मन्त्रालय मातहत ल्याएर यही शैक्षिक सत्रबाट पूर्ण क्षमताको अस्पताल र एमबिबिएस पढाई सुरु गरिने आश्वासन दिएको बताए ।