अत्तरिया – कैलालीको गेटा अस्पताल परिसरमा विश्व सिओपीडी दिवसका अवसरमा श्वासप्रश्वाससम्बन्धी रोगबारे जनचेतना फैलाउने उद्देश्यले जनचेतना मूलक कार्यक्रम आयोजना गरिएको छ ।

Short of Breath, Think COPD भन्ने मुख्य सन्देश सहित सहभागीहरूले गेटा अस्पताल परिसरमा जनचेतना मूलक र्याली निकालेका थिए । सिओपीडी (दम) को समयमा पहिचान, रोकथाम र उपचारसम्बन्धी जानकारी जनस्तरसम्म पु¥याउन विभिन्न प्ले–कार्ड बोकेका थिए ।

गेटा अस्पतालका डा. चेत राज भट्टले नेपालमा दमको बिरामीहरू धेरै भएकाले त्यस्ता बिरामीहरूलाई दमको बारेमा जानकारी दिन कार्यक्रम आयोजना गरिएको बताए । उनले दम हुन बाट जोगिन चुरोट पिउन नहुने बताए । उनले सुदूरपश्चिमको सन्दर्भमा दाउराको प्रयोग गरेर खाना पकाउने गरिदा पनि दमको जोखिम भएको बताए । ‘सानो कोठामा दाउरा बालेर खाना पकाउँदा पनि दम हुने गरेको छ’ उनले भने ‘कतिपय महिलाहरू जीवनभर चुरोट नखाएर पनि दमको सिकार भएको देखिन्छ । त्यो इनडोर पोलिसको कारणले हो ।’
Glenmark / Let Me Breathe अभियानको सहकार्यमा आयोजना गरिएको कार्यक्रममा Glenmark का प्रतिनिधि, गेटा अस्पतालका स्वास्थ्यकर्मीहरूको सहभागिता रहेको थियो ।




















