खाेज्नुहाेस

संसद् पुनर्स्थापना गरेर सिंहदरबार देखि वडा कार्यालय सम्म जलाउनेलाई कारबाही गर्नुपर्छ : अध्यक्ष जैसी

Image
अत्तरिया – नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष कृष्ण राज जैसीले संसद् पुनर्स्थापना गरेर सिंहदरबार देखि वडा कार्यालय सम्म जलाउनेलाई कारबाही गर्नुपर्ने बताएका छन् । मंगलबार संसद् पुनर्स्थापनाको माग गर्दै नेकपा एमाले गोदावरी नगर कमिटीले अत्तरिया बजारमा गरेको प्रदर्शनलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन ।
attariya hospital
उनले उनले असंवैधानिक गौरीबहादुर कार्कीको आयोगलाई पनि नमान्ने बताए ।
अध्यक्ष जैसीले संविधान मिचेर बनाइएकी सुशीला कार्कीको सरकार असंवैधानिक भएकाले खारेज गर्नुपर्ने बताए । ‘संसद् भवन जलाइएको छ । जनताबाट जितेका सांसदहरूलाई खारेज गरिएको छ । निलम्बन गरिएको छ’ उनले भने ‘यो विगठन गर्ने क्रियाकलाप सुशीला कार्कीको हो । त्यसैले यो सरकारलाई खारेज गर्छौ । यो सरकारलाई हामी मान्दैनौ ।’
navjiwan hospital
उनले अघिल्लो पटक संसद् पुनर्स्थापना गरेको सरकारले यस पटक पनि पुनर्स्थापना गर्नुपर्ने बताए ।  ‘संसद् पुनर्स्थापना गर्ने, त्यसबाट आयोग गठन गर्ने र अपराधका क्रियाकलाप छानबिन गर्ने, १२ सय हतियार लुटिएका छन्’ उनले भने ‘अहिलेको नौटङ्की सरकार, कठपुतली सरकार, सुशीलाको कामचलाउ, काम नलाग्ने सरकारले कसरी चुनाव गर्न सक्छ ।’  उनले अवैध सरकारले गरेको चुनाव पनि आफूहरूले नमान्ने बताए ।
कार्यक्रममा बोल्दै प्रदेश कमिटी सदस्य खम्बा बुढाले संविधान मिच्ने कामका विरुद्ध एमाले खरो रूपमा लागेको बताए । उनले जनजी आन्दोलनका क्रममा पार्टी छोडेर हिँडेका पनि फर्किन थालेको बताए ।
एमाले कैलाली अध्यक्ष यज्ञराज ढुङ्गानाले एमालेलाई भ्रष्ट्राचारीको पार्टी भनेर सामाजिक सञ्जालमा गलत भ्रम छर्ने काम गरिएको बताए । उनले असंवैधानिक कदमका विरुद्ध कार्तिक २९ गते जिल्ला स्तरीय शक्ति प्रदर्शन गरिने बताए ।
गोदावरी नगरपालिकाका पूर्व मेयर हरि सिंह साउँले असंवैधानिक कदमका विरुद्ध अहिले सम्पूर्ण दलहरू आन्दोलनमा उत्रिनुपर्ने बताए ।