अत्तरिया – नेपाल मानवतावादी पार्टीका केन्द्रीय कोषाध्यक्ष राजन नेपालीलाई पार्टीबाट निष्कासित गरिएको छ ।

अर्घाखाँचीको मादी गाउँपालिका – ८ का नेपालीलाई वैदेशिक प्रलोभनको गलत आश्वासन दिई रकम उठाई आर्थिक अपचलन गरेको भन्दै पार्टीबाट निष्कासित गरिएको हो ।

पार्टीद्वारा जारी एक प्रेस विज्ञप्तिमा नेपालीको पार्टीको साधारण सदस्यता समेत खारेज गरिएको उल्लेख छ ।
पार्टीका अध्यक्ष मेघ बहादुर कामी घताने (मानव) द्वारा जारी विज्ञप्तिमा भनिएको छ ‘राजन नेपालीले यस पार्टीको कतिपय केन्द्रीय सदस्यहरूलाई वैदेशिक प्रलोभनको गलत आश्वासन दिई रकम उठाई आर्थिक अपचलन गरेको भन्ने गुनासो निवेदन सहित पार्टीमा आएको र यस पार्टीको महत्त्वपूर्ण कागजपत्रहरू समेत लिई फरार भएको साथै पार्टीको सम्पर्कमा हालसम्म पनि नआएको हुँदा परिच्छेद ५ को धारा १७ को उपधारा (ज) र परिच्छेद १२ को धारा ९७ को उपधारा (छ) बमोजिम पार्टीको साधारण सदस्यता समेत खारेज गरेको ब्यहोरा जानकारी गराइन्छ ।’



















