खाेज्नुहाेस

जोस ब्राउन सुदूरपश्चिम रोयल्समा अनुबन्ध

Image

धनगढी – सुदूरपश्चिम रोयल्सले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) का लागि चौथो विदेशी खेलाडीको रुपमा अष्ट्रेलियाका ब्याट्सम्यान जोस ब्राउनलाई अनुबन्ध गरेको छ ।

navjiwan hospital

बिग बास लिग (बीबीएल) मा उत्कृष्ट प्रदर्शन गरिसकेका ब्राउनले टी–२० क्रिकेटमा ४० खेल खेल्दै ९४५ रन बनाएका छन् । उनले टी–२० क्रिकेटमा सर्वाधिक १४० रन बनाएका छन् । टी–२० क्रिकेटमा यो स्कोर कमै खेलाडीले बनाएका छन् ।

attariya hospital

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए ।