खाेज्नुहाेस

बझाङमा ड्युटीमा ढलेका प्रहरीको मृत्यु

Image

बझाङ – बझाङमा ड्युटीमा ढलेका प्रहरी हवलदारको मृत्यु भएको छ । तमैलस्थित प्रहरी पोस्टमा कार्यरत प्रहरी हवलदार ललित सिंह ठगुन्नाको मृत्यु भएको हो ।

navjiwan hospital

ड्युटीमै ढलेर बेहोस भएका उनलाई उपचारका लागि जिल्ला अस्पताल चैनपुरमा पुगाइएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

attariya hospital

कैलाली घर भएका ३९ वर्षीय ठगुन्नाको शव पोस्टमार्टमका लागि अस्पतालमा राखिएको छ । उनको पोस्टमार्टम पछि मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।