अत्तरिया – कैलालीको अत्तरियास्थित प्रतिभा सामुदायिक पुस्तकालयको अध्यक्ष र उपाध्यक्षको लागि आज चुनाव हुँदै छ ।

निर्बाचन समितिका अनुसार अहिले ८ बजे देखि संस्थाको कार्यालयमा चुनाव हुने भएको छ । अन्य पदमा सहमति भएपनी अध्यक्ष र उपाध्यक्षमा सहमति नभएपछि निर्बाचन हुन लागेको हो ।

अध्यक्षका लागि दिर्घराज भट्ट, भुपेश जोशी र यज्ञराज हमाल चुनावी मैदानमा छन् । उपाध्यक्षमा नरेन्द्र राज शर्मा र टेकराज भट्ट भिड्नेछन् । सचिवमा धर्म सिंह कुँवर, कोषाध्यक्षमा जयराज फुलारा र सह – सचिबमा हेमन्तराज जोशी भने निर्बिरोध चयन भैसकेका छन् ।
यस्तै सदस्यहरु पनि निर्बिरोध चयन भैसकेका छन् । संस्थाका आजिबन सदस्य ५ सय ९१ रहेका छन् ।

















