खाेज्नुहाेस

बझाङकी शान्ति दिल्लीबाट बेपत्ता

Image

अत्तरिया – बझाङको थलारा गाउँपालिका – ४ की शान्ति जोशी भारतको दिल्लीबाट बेपत्ता भएकी छिन । ४० वर्षीय शान्ति कार्तिक ४ गते दिल्लीको हरीनगरबाट बेपत्ता भएकी हुन ।

navjiwan hospital

उनी घरबाट एक्कासि जानकारी नदिई निस्किएर बेपत्ता भएको उनका दाइ सिद्ध राज कापडीले बताएका छन् । उनले भारतमा आफन्त भएको सबै ठाउँमा खोज तलास गर्दा नभेटिएपछि नेपालमा पनि आउन सक्ने भएकाले खोजीका लागि सहयोग गरिदिन इलाका प्रहरी कार्यालय मालाखेतीमा निवेदन दिएको बताए ।

attariya hospital

उनले फोटोको आधारमा पहिचान गरेर कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा ९७६६०७४८३२ वा ९८६५७२०२७९ मा खबर गरिदिन आग्रह गरेका छन् ।