खाेज्नुहाेस

धनगढी स्थित वडा प्रहरी प्रमुख भन्छन ‘शान्ति सुरक्षा कायम गर्न प्रतिबद्ध छौँ’

Image

धनगढी – धनगढी स्थित वडा प्रहरी कार्यालयको कमाण्ड प्रहरी निरीक्षक बलराम पाण्डेयले सम्हालेका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीबाट सरुवा भई धनगढी वडा प्रहरी कार्यालयको कमाण्ड सम्हालेका पाण्डेयले अपराध नियन्त्रण र निरुत्साहित गर्नुलाई पहिलो प्राथमिकताका रूपमा लिने बताएका छन् ।

navjiwan hospital

आइतबार पत्रकारसँगको भेटघाटमा उनले भने, ‘धनगढीभित्र हुने जुनसुकै आपराधिक गतिविधिलाई नियन्त्रणमा ल्याउन कुनै कसर बाँकी राख्दिनौं । शान्ति–सुरक्षाको वातावरण कायम गर्न मेरो पूरा ध्यान रहनेछ ।’ धनगढीमा पछिल्लो समय मोटरसाइकलबाट हुने ध्वनि प्रदूषणबारे आएका गुनासोका सम्बन्धमा उनले ट्राफिक प्रहरीले सँगसँगै संयोजन गरेर नियन्त्रणका प्रयास भइरहेको जानकारी दिए ।

attariya hospital

उनले आफ्नो कमाण्ड सम्हालेको केही दिनमै कारागारबाट भागेका दुई कैदीलाई नियन्त्रणमा लिन सफल भएको बताउँदै प्रहरीको मनोबल उच्च रहेको उल्लेख गरे । तिहार र छठ पर्वको अवसरमा उनले सर्वसाधारणलाई शुभकामना दिंदै भने, ‘यदि तपाईंलाई कुनै पनि आपराधिक क्रियाकलापबारे जानकारी छ भने कृपया प्रहरीलाई तुरुन्त खबर गर्नुहोस् ।’